Logo

कर्पोरेट-बजार

७० औँ वार्षिकोत्सव मनाइरहेको चेम्बरलाई राज्यको सम्मान, हुलाक टिकटमा टाँचा


GDP Nepal
   १८ पुस २०७८, आइतबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७० औ वार्षिकोत्सव मनाइरहँदा राज्यबाट ऐतिहासिक सम्मान पाएको छ ।

मुलुककै पहिलो व्यावसायिक संगठन चेम्बरको वार्षिकोत्सव अवसरमा राज्यले हुलाक टिकट जारी गरर सम्मान गरेको हो । चेम्बरको ७० औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ५ रुपैयाँ दरका हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले प्रथम दिवशीय टाँचा लगाए ।

मन्त्री कार्की चेम्बरको ७० औं वार्षिकोत्सवका अवसरमा हुलाक सेवा विभागले प्रकाशन गरेको टिकटमा टाँचा लगाउन आफैं चेम्वर भवन जमल पुगेका थिए । मन्त्रीले हुलाक टिकटमा टाँचा लगाउने कार्य सामान्य भए पनि मन्त्रालयमै यस्तो कार्यक्रम हुने गरेकोमा मन्त्री चेम्बर भवनमै पुगेर निजी क्षेत्रलाई उच्च सम्मान दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले प्रजातन्त्र वहाली पश्चात ७ दशक अघिनै मुलुकमा सुशासन मार्फत राज्यले आर्थिक समृद्धिको लक्ष लिएको र सो उद्देश्य हासिल गर्न सवैको लक्ष्य समान रहेको बताए । आफूहरु एक जुट भएर लागेमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने उल्लेख गर्दै मन्त्री कार्कीले चेम्वरको सफलताको कामना गरे ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वरले बिगत ७० वर्ष देखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाइ कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयलाई आभार प्रकट गरे ।

मल्लले नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स. २००७ सालमा भएको र सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको नेपाल चेम्वर अफ कमर्स नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्स चेम्बर अभियानलाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउनु हुंदै निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको उनको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अयोलले मुलुकको आर्थिक बिकासको लागि नेपाल चेम्वर अफ कमर्सले निर्वाह गरेको भूमिकालाइ कदर गर्दै चेम्वरको ७० औ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको बताए । यस हुलाक टिकटले नेपाल चेम्वर अफ कमर्सको पहिचान सहित चेम्वर अभियानलाइ बिश्वव्यापी बनाउन मद्धत पुग्ने उल्लेख गर्दै आगामी दिनमा चेम्वरले आफ्नो लक्ष्य हाशिल गर्न सफलताको कामना गरे ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह