Logo

बिजनेस होम

इकोनमा नयाँ कार्यसिमिति, जीडीपी नेपालका पत्रकार खतिवडा सम्मानित !


GDP Nepal
   २३ पुस २०७८, शुक्रबार


काठमाडौं । नेपाल निर्यात परिषद् (इकोन) को अध्यक्षमा रेशम बहादुर पोखरेल चयन भएका छन् । इकोनको २४औं साधारणसभाले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उनी यसअघि उक्त संस्थाका प्रथम उपाध्यक्ष थिए ।

यसैगरी इकोनको प्रथम उपाध्यक्षमा नरेशलाल श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा फेल्ट एसोसिएसनका अध्यक्ष समेत रहेका श्रेष्ठ सर्वसम्म रुपमा वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् । यसैगरी द्वितिय उपाध्यक्षमा डा. रामशरण थपलिया, महासचिवमा हरि ढकाल, कोषध्यक्षमा कन्हैयालाल साह, सचिवमा राजु बानियाँ, सह कोषध्यक्षमा हरिप्रसाद ढकाल चयन भएका छन् ।

यसैगरी संस्थाको सदस्यहरुमा अमृतमान श्रेष्ठ, बसन्तराज अधिकारी, हरिशरण भेटवाल, गणेश पराजुली, प्रविनमान श्रेष्ठ, रामकुमार थपलिया र सरस्वती सेढाई चयन भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्षको रुपमा हरि बहादुर कार्की रहेका छन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताए । नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । मन्त्री शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै समस्याको समाधान भएको धारणा राखे ।

उनले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पारे। त्यस्तै विगतमा बनाइएका आर्थिक नीति तथा सन्धी सम्झौताहरूको समीक्षा गर्ने समय पनि आएको उनको भनाई छ।

जीडीपी नेपालका पत्रकार खतिवडा सम्मानित
कार्यक्रममा जीडीपी नेपालका पत्रकार कुमार खतिवडालाई पनि सम्मान गरिएको थियो । मुलुकको निर्यात व्यापार अभिवृद्धिका लागि लामो समयदेखि निरन्तर समाचार संकलन, प्रकाशन, प्रशारण तथा सहजीकरण गर्दै आएको भन्दै पत्रकार खतिवडालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

अर्थमन्त्री जनार्दन शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष चण्डिराज ढकाल, इकोन अध्यक्ष हरिबहादुर कार्कीलगायतले पत्रकार खतिवडालाई सम्मान गरेका थिए ।

प्रकाशित : २३ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह