Logo

Banner-news

वैदेशिक रोजगारी सम्बन्धी गुनासो बढेपछि श्रम मन्त्रालयले स्थापना गर्‍यो ‘सुनुवाइ कक्ष’


GDP नेपाल
   १६ माघ २०७८, आइतबार


वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर स्थापना गरेको छ ।

उक्त कल सेन्टरको उद्घाटन गर्दै श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेतको सहभागितामा मार्सल टोली गठन गरिएको जनकारी दिए । यस्तै, जानकारी तथा गुनासोका लागि स्वदेश र विदेशबाट निशुल्क फोन, भाइबर, फेसबुक लगाएत विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने उनले बताएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारका नाममा भिजिट भिसालगाएतमा विभिन्न मुलुक पुगेका कयौँ नेपाली अलपत्र पर्ने घटनाक्रम बढेसँगै मन्त्रालयले यो कदम चालेको हो ।

वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनवमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर ९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित : १६ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह