Logo

कृषि / सहकारी

धौलागिरी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ खुद नाफा


GDP नेपाल
   १९ माघ २०७८, बुधबार


धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार लघुवित्तले दोस्रो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा लघुवित्तको नाफा ४९३.१९ प्रतिशतले धेरै हो गत वर्ष कम्पनीले ३६ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसको खुद ब्याज आम्दानी ३०.६०५ ले बढेर ५ करोड १६ लाख पुगेको छ । त्यस्तै, गत वर्ष २ करोड ८६ लाख सञ्चालन नोक्सानमा रहेको कम्पनीले यो त्रैमाससम्म आइपुग्दा १ करोड ८८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । पुस मसान्तसम्म ६२ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १० करोड ५३ लाख रहेको छ । गत वर्ष ६.२६ प्रतिशत रहेको कम्पनीको खराब कर्जा दोस्रो त्रैमासमा ३.७५ प्रतिशतमा झरेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७२ पैसाबाट बढेर ६१ रुपैयाँ ४५ पैसा (वार्षिक) कायम भएको छ ।

प्रकाशित : १९ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह