आइएमई जनरल इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनका लागि इन्स्योरेन्सले फागुन १ गते बुकक्लोज गरेको थियो । यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया