Logo

कर्पोरेट-बजार

घरेलु तथा साना उद्योग महासंघको २५औं महाधिवेशन फागुन २६ गते !


GDP Nepal
   १४ फाल्गुन २०७८, शनिबार


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ र २७ गते वीरगञ्जमा आयोजना हुने भएको छ ।

कोरोना संक्रमण लगायतका कारणले महाधिवेशन स्थगित हुँदै आएको थियो ।

यस महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीनवर्षे कार्यकालका लागि महासंघ केन्द्रीय कार्यसमिति तथा केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व समेत चयन गरिने महासंघले जनाएको छ ।

महासंघको अहिलसम्म बागमती, गण्डकी, लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको अधिवेशन सम्पन्न भइसकेको र १ नं। प्रदेशको अधिवेशन २०७८ फागुन १५ गते हुँदैछ ।

महासंघको केन्द्रीय महाधिवेशनमा प्रदेश संघ, जिल्ला संघ, बस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय उर्जाका प्रतिनिधिहरु सहभागी हुनेछन भने राष्ट्रिय महिला उद्यमी सम्मेलनमा प्रदेश र जिल्ला महिला उद्यमी समितिका महिला प्रतिनिधिहरुको सहभागीता रहनेछ ।

यसैगरी महासंघको विधान बमोजिम वस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय ऊर्जा प्रत्येकका लागि छुट्टाछुट्टै निर्वाचन क्षेत्र मार्फत मतदान प्रक्रिया अवलम्बन गरिनेछ ।

विधान अनुसार महासंघको केन्द्रीय कार्यसमिति ९७ जनाको र केन्द्रीय महिला उद्यमी समितिको कार्यसमिति ५५ जनाको हुनेछ ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह