काठमाडौं । कोरियाली मोटर कम्पनी मोट्रेक्सले नेपालमै मोटर उत्पादन गर्ने योजनासहित प्रक्रिया अघि बढाए पनि हालसम्म जग्गा नै पाउन सकेको छैन ।
लगानी बोर्डले मोट्रेक्सका लागि जग्गाको बन्दोवस्त गर्न केही सरकारी जग्गाको खोजी गरिरहे पनि पाउन नसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।
भट्टका अनुसार दक्षिण कोरियाली कम्पनी मोटे«क्सले प्रस्ताव गरेपनि उद्योग स्थापनाका लागि हालसम्म स्थान छनौट गर्न सकेको छैन । बुधबार दिउँसो बोर्ड अन्तर्गत अनुगमन तथा सहजीकरण समितिको बैठकमा उनले यो जानकारी दिएका हुन् ।
विशेष आर्थिक क्षेत्र (सेज) मा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको छ भने बुटवल औद्योगिक क्षेत्र भित्र रहेको बुटवल धागाो कारखानाको जग्गा दिन उपयुक्त देखिए पनिसो उद्योेगमा रहेका पुराना मेसनरी प्रतिस्थाापनलगायतका विषय झन्झटिलो भएको कारण दिन सकिएको छैन ।
सरकारले नै बोर्डलाई उक्त जग्गा दिन नसक्ने जानकारी दिएको भट्टले जानकारी दिए । उत्पादनमा आधारित ठूला परियोजना लागि उद्योग लगाउने ठाउँको बारेमा नीगित निर्णय गरी विशेष व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
“हाम्रो अनुभवअनुसार बोर्डमार्फत आउने परियोजनालाई उद्योग स्थापनाका लागि सहजीकरणा गर्न विशेष नीतिगत व्यवस्थाहरु गर्नुपर्ने देखिएको छ,” उनले भने । अहिले मोतिपुर औद्योगिक क्षेत्रमा उद्योग राख्ने बिषयमा छलफल भइरहेको बोर्डले जनाएको छ ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले लगानी बोर्डलाई आफैंले पुँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिए ।
‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउँला र उसले भनेअनुसारको काम गरिदिउँला भनेर पर्खेर बस्ने किसिमको छ । अब सधैं यसरी मात्रै चल्दैन’ उनले भने, ‘लगाानी बोर्ड आफैंले पुँजी निर्माण गरी ठूला परियोजनामा लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ । बरु यस्तो कोष बनाउने भए हामी पनि के कस्तो सहयोग गर्न सक्छौं, त्यसमा छलफल गरौंला ।’
प्रतिक्रिया