विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउने छन् ।
प्रतिक्रिया