Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


GDP नेपाल
   १५ चैत्र २०७८, मंगलबार


बैंक आफ काठमाण्डूले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह  २०२२ को सन्दर्भ पारेर बैंकले मुलुकभर विभिन्न स्थानमा ७ दिने वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुका लागि वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रतिनिधीहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा विद्यार्थीहरुलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरेका थिए । उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको बैंकले जनाएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह