नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एन.आइ सी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
मङ्लबार आयोजित एक कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एन.आइ सी एसियाका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बिभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायिहरूले एन.आइ सी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् ।
प्रतिक्रिया