Logo

बैंक / बिमा /शेयर

केसीएल क्यापिटल अब गरिमा क्यापिटलमा परिणत


GDP नेपाल
   १५ चैत्र २०७८, मंगलबार


के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड गरिमा क्यापिटल लिमिटेडमा परिणत भएको छ । गरिमा विकास बैंकले ५१ दशमलव २० प्रतिशत शेयर स्वामित्व किनेसँगै बैंकको सहायक कम्पनीको रूपमा यो क्यापिटल रहने छ ।

क्यापिटलले सोमवार एक कार्यक्रम आयोजना गरी के।सी।एल।अस्ट्यूट क्यापिटलको नाम परिवर्तन गरी गरिमा विकास बैंकको सहायक कम्पनीको रूपमा गरिमा क्यापिटल नामाकरण गरिएको जानकारी दिएको हो । क्यापिटलका अध्यक्ष दिपक पाण्डेयले क्यापिटलले दिने सेवाको पहुँच विस्तारका लागि गरिमा विकास बैंकको साथ लिइएको जानकारी दिए ।

यसअघि लगानी व्यवस्थापन सेवा, डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी सेवा दिँदै आएकोमा अब देशभर फैलिएका बैंकका शाखा सञ्जालमार्फत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

अब गरिमा क्यापिटलले मचेन्ट बैंकरले प्रदान गर्ने निष्कासन तथा विक्री प्रवन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्श तथा समूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डको व्यवस्थापन सम्बन्धी सेवाहरू पनि प्रदान गर्ने बताइएको छ ।

सञ्चालक समितिमा के।सी।एल। अस्ट्यूटको तर्फबाट अध्यक्ष पाण्डेय र सदस्य अनिल श्रेष्ठ रहेका छन् । त्यस्तै गरिमा विकास बैंकको तर्फबाट रमाकान्त बराल, यादव कुमार श्रेष्ठ र माधव प्रसाद उपाध्याय सदस्य रहेका छन् ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह