प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा वैशाख ११ गत वीरगन्जको दियालो लर्डस प्लाजामा १२ः३० बजेबाट सुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँ बराबरको नगद लाभांश छन् ।
सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया