Logo

अर्थनीति

व्यक्तिगत आवासीय कर्जा सवा ३ खर्ब नाघ्यो, रियल इस्टेट कर्जा २ खर्ब ११ अर्ब


GDP Nepal
   १७ चैत्र २०७८, बिहिबार


काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म व्यक्तिगत आवासिय कर्जा ३ खर्ब ३५ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार रियलस्टेट कर्जातर्फ कुल २ खर्ब ११ अर्ब १८ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । डेढ करोड रुपैयाँभन्दा बढीको घरकर्जा रियलस्टेट कर्जातर्फ गणना हुने राष्ट्र बैंकको व्यवस्था छ ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कमर्शियल रुपमा जग्गा किन्न र प्लटिङ गर्न ३५ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

२०७८ असार मसान्तको तुलनामा माघ मसान्तसम्म ७ महिनाको अवधिमा यस्तो कर्जा ४०.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव र ब्याजदर वृद्धिकै बाबजुत पनि कमर्शियल रुपमा जग्गा किन्न र प्लटिङ गर्नका लागि साउनदेखि माघ मसान्तसम्म १० अर्ब ४१ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यता, राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७८÷७९ को मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै रियलस्टेट, शेयर धितो र सवारी कर्जामा कडाई गरेको छ ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह