गरिमा क्यापिटलले छैंठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा वैशाख ९ गते पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठमा दिउँसो २ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले चुक्ता पुँजीको १५.६५ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्नेछ। सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रतिक्रिया