Logo

Sub-banner

म्याग्दीमा विकास खर्च न्यून



चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा म्याग्दीमा विकासतर्फको बजेट खर्च निराशाजनक छ ।

जिल्लामा रहेका विकास योजनामा सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च न्यून देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म भएको पुँजीगत खर्चमध्ये सङ्घतर्फ १२ दशमलब ६७ प्रतिशत र प्रदेशतर्फ २८ दशमलब २३ प्रतिशत खर्च भएको छ ।

सो अवधिमा सङ्घतर्फ कुल रु ५३ करोड १६ लाख ९२ हजार बजेटमध्ये रु ६ करोड ७३ लाख ७० हजार ९१२ दशमलब ६७० प्रतिशत खर्च भएको छ । विकासमा प्रदेशतर्फ रहेको कुल रु ६२ करोड ६८ लाख ५० हजार बजेटमध्ये रु १७ करोड ७० लाख ६ हजार २७५ बजेट ९२८ दशमलब २३० प्रतिशत खर्च भएको कोेष नियन्त्रक युक्तप्रसाद शर्माले जानकारी दिनुभयो ।

सङ्घतर्फ रहेका कुल बजेटमध्ये करिब रु ५० करोड बजेट सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र अन्य योजनामा खर्च भइरहेको तथा त्यसको भुक्तानी नहुँदा खर्च न्यून देखिएको जनाइएको छ ।

आर्थिक वर्षको आठ महिनामा सङ्घ तथा प्रदेशको ४० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने मान्यता रहेको छ । तर विकासतर्फको बजेट कार्यान्वयनमा साउन भदौ बर्खा, असोज कात्तिक चाडपर्व र मङ्सिर पुस लगायतको महिना जाडो र कोभिडका कारण सोचे जस्तो रुपमा विकास खर्च हुन नसकेको कोष नियन्त्रक शर्माले बताउनुभयो ।

“विकास योजनाको काम भइरहेको छ, अधिकांश योजनाको बजेट भुक्तानीको चरणमा छ”, उहाँले भन्नुभयो । त्यस्तै प्रदेशतर्फको विकास बजेटमध्ये पूर्वाधार विकास कार्यालयको रु ३८ करोड ४२ लाख ३० हजारमध्ये रु १२ करोड १९ लाख ४१ हजार खर्च भएको छ । उक्त कार्यालयको उपलब्धि ३२ प्रतिशत देखिन्छ ।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह