कामना सेवा विकास बैंकले संस्थापक समूहतर्फको १४ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी दिपकलाल बटाजुको नाममा रहेको उक्त सेयर बिक्रिमा ल्याएको हो ।
यस अघि कम्पनीले साे सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको थियो । तर, सो अवधिमा आवेदन नपरेपछि बैंकले उक्त सेयर व्यक्ति र संस्थास्थाका लागि जारी गरेको छ ।
साे सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले चैत १८ गतेबाट १५ दिन भित्रमा आवश्यक कागजातका साथ कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौँमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया