Logo

बैंक / बिमा /शेयर

नेपाल बैंक बागलुङको आफ्नै भवनबाट सेवा सुरु


GDP नेपाल
   २१ चैत्र २०७८, सोमबार


नेपाल बैंक बागलुङले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको सो बैंकका शाखा प्रमुख अमृत सेवाले जानकारी दिनुभयो ।

बैंकको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडाका घरमा सरेको थियो । बैंकले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरेर आइतबारदेखि सेवा दिन थालिएको उहाँले बताउनुभयो । यसअघि सो बैंकले मासिक एक लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

बैंकको नाममा रहेको छ आना एक पैसा जग्गामा तीन तले सुविधा सम्पन्न भवन निर्माण भएर हस्तान्तरण भएपछि सेवा दिन थालिएको हो । ‘डेभ एण्ड सायर तिलक जेबी निर्माण कम्पनी’ ले भवन निर्माण गरेको थियो ।

२१ हजार बढी ग्राहकलाई सेवा दिइरहेको बैंकको आफ्नै भवन बनेपछि नयाँ एटीएम सेवा, लकर सेवा ग्राहकलाई पार्किङ सुविधासहितको सेवा दिएको शाखा प्रमुख सेवाको भनाइ छ । भाडाको घरबाट सेवा दिँदा निकै समस्या भएकोमा आइतबारदेखि आफ्नै भवनबाट सेवा दिदा सहज हुने शाखाले अपेक्षा लिएको छ ।

घ वर्गको शाखामा दुई पटक उत्कृष्ट शाखाबाट सम्मानित भइसकेको छ । नेपाल बैंक लिमिटेडको देशभर २१३ शाखा १४८ एटीएम ५० वटा एक्टेन्सन काउन्टर, २० लाख ग्राहक रहेका छन् । बागलुङको शाखा र एक्सटेन्सन काउन्टरमा गरी २१ जना कर्मचारी कार्यरत छन् ।

बागलुङ सदरमुकामसहित गलकोट र ढोरपाटन नगरपालिकामा बैंकको शाखा छ । नेपालकै सबैभन्दा पुरानो सो बैंकको बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि वित्तीय सेवा दिँदै आएको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह