Logo

मुख्य समाचार

धर्मशालाको मुद्दामा पेशी सर्‍यो, न्यायाधीश बमले हेर्न नमिल्ने !


GDP Nepal
   २१ चैत्र २०७८, सोमबार


काठमाडौं । बहुचर्चित नेपाल भारत मैत्री पशुपति धर्मशालाको मुद्दामा अदालतले चैत २७ गतेलाई पेशी तोकेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्र बहादुर बमले ‘हेर्न नमिल्ने’ भन्दै चैत २७ गते आफूरहितको इजलासमा यसलाई पेश गर्न आदेश दिएका छन् । यसअघि सोही मुद्दामा अन्तरिम आदेश नहुने भन्दै आफैंले निर्णय सुनाएकाले हेर्न नमिल्ने उनको राय छ ।

सोमबार न्यायाधीश बम र अर्का न्यायाधीश नारायणप्रसाद पौडेलको संयुक्त इजलासमा यो मुद्दाको पेशी परेको थियो ।

धर्मशालासँगको सम्झौता खारेज गर्ने योजनामा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अदालत सेटिङमा चलेको आरोप लगाउँदै आएका छन् ।

अदालतले अर्को पेशी तोकेसँगै धर्मशालामा ताला लगाउने मन्त्रीको योजना तत्काल पूरा नहुने देखिएको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह