Logo

बैंक / बिमा /शेयर

युनिक लघुवित्तले एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति


GDP नेपाल
   २१ चैत्र २०७८, सोमबार


युनिक लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ जारी गर्ने सेबोनमा निवेदन दिएको हो । बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ। कम्पनीकाे सेयर बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

गत पुस ३० गतेबाट घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरी एकीकृत कारोबार शुरु गरेपछि युनिक लघुवित्तले सेयर संरचना मिलाउनका लागि एफपीओ जारी गर्न लागेको हो ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह