Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्दै नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न


GDP नेपाल
   २१ चैत्र २०७८, सोमबार


नेपाल लाइफ इन्स्योरेन्सको २१ औं साधारण सभा सम्पन्न भएको छ ।

सोमबार विराटनगरमा सम्पन्न सभाले सेयरधनीहरुका लागि भुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर ०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु। ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ हुने बताइएको छ ।

अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह