किसान लघुवित्त वित्तिय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले एक सुचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी संस्थापक शेयर बिक्रिमा ल्याएको हो । बिक्रीमा ल्याइएको शेयर संख्या र मूल्य भने खुलाइएको छैन ।
सो शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय धनगढी, कैलाली र कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया