Logo

बैंक / बिमा /शेयर

३ लाख ९५ हजार कित्ता आईपीओ जारी गर्दै सीवाइसी नेपाल लघुवित्त


GDP नेपाल
   २४ चैत्र २०७८, बिहिबार


सीवाइसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आगामी वैशाख २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले उक्त सेयरमध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई विक्री गर्ने भएको हो ।

इच्छुक लगानीकर्ताहरुले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह