Logo

मुख्य समाचार

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड, २० प्रतिशत बोनस सेयर दिने


GDP नेपाल
   २४ चैत्र २०७८, बिहिबार


नेपाल टेलिकमले ७ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बिहिबार काठमाडौँमा आयोजित कम्पनीको १४ ओं वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका हुन् । यस्तै, कोरोना महामारीको कारण भ्वाइस तथा अन्तरदेशीय सेवा तथा विभिन्न अफरहरु सस्तोमा उपलब्ध गराउँदा राजस्वमा भने केही कमि आएको उनले बताएका छन् ।

‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ,’ उनले भने,’ कोभिड १९ को कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

त्यस्तै, सेयरधनीहरुको मनोबललाई उच्च बनाउन कम्पनीले २० प्रतिशत बोनस सेयर उपलब्ध गराउन लागेको उनले जानकारी दिए । अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता र अनलाईन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि तीव्रता दिइएको जनाएका छन् ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह