Logo

अर्थनीति

उद्योगमन्त्री बडुको पहिलो निर्णयः लघु, घरेलु तथा साना उद्योग महाशाखा गठन गर्ने !


GDP Nepal
   २४ चैत्र २०७८, बिहिबार


काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले लघु, घरेलु तथा साना उद्योग महाशाखा गठन गर्ने निर्णयमा हस्ताक्षर गर्दै जिम्मेवारी सम्हालेका हुन् । बडु यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री थिए ।

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्री बडूले मन्त्रालय मुलुकको अर्थतन्त्र र उपभोक्तासँग सिधै जोडिएको मन्त्रालय भएकाले मन्त्रालयको जिम्मेवारी महत्त्वपूर्णसँगै चुनौतीपूर्ण सधैँ भइरहने उल्लेख गरे ।

कोभिड–१९ पछि अर्थतन्त्र चलायमान हुँदा आयात निर्यातको खाडलमा वृद्धि आएको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्या सबै मिलेर समाधान गर्न सकिने उनले बताए ।

“आयात र निर्यातको तादम्यता मिलाउन नसके चुनौती बढ्नेछ,” उनले भने, “टिमवर्क, एकता र प्रतिबद्धतासहित काम गर्दा चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ ।”

जिम्मेवारसहित काम गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले आफूले अभिभावकत्वको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका दुवै सचिवले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ठोेस निर्णय तत्काल आवश्यक रहेको ‘ब्रिफिङ’ गरे । वाणिन्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेले विदेशी मुद्राको सञ्चितिमा परेको चाप सबैभन्दा ठूलो चुनौती रहेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका व्यापार घाटामा चाप बढ्दै गएको र त्यसले अर्थतन्त्रमा असर पुर्‍याइरहेको उनको भनाइ छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह