Logo

बैंक / बिमा /शेयर

सिटी एक्सप्रेसद्वारा जल्सनसँगको सहकार्यमा “स्टुडेन्ट मिट २०२०” सम्पन्न


GDP नेपाल
   २४ चैत्र २०७८, बिहिबार


सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल सहकार्य गरी ‘Students Meet 2022′ कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा JALSAN सँग आबद्ध ४० भन्दा बढी Educational Consultancy हरुमार्फत जापान जान लागेका २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतिको बारेमा जानकारी दिनुको साथसाथै जापान पुगेपश्चात् आफूले मिहिनेत गरेर कमाएको पैसा बैंकिङ च्यानलमार्फत मात्र पठाउन हुन उत्प्रेरित गरे ।

यसको साथसाथै उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजनाअन्तर्गत जनही १०,००० पुरस्कार विधुतीय लक्की ड्र सिस्टममार्फत बिजेता घोषणा पनि गरिएको थियो ।

सिटी एक्सप्रेसले JALSAN सँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरुको लागि हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको छ ।

सिटी एक्सप्रेसले विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह