Logo

बैंक / बिमा /शेयर

उपकार लघुवित्तको आइपीओ बिक्री खुला


GDP नेपाल
   २५ चैत्र २०७८, शुक्रबार


उपकार लघुवित्तको साधारण सेयर (आइपीओ) बिक्री खुला भएको छ ।

कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

यस सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि चैत २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह