Logo

बैंक / बिमा /शेयर

वैशाखमा निक्षेपको ब्याजदर नबढ्ने, विलासी सामानमा एलसी नखोल्ने


GDP नेपाल
   २७ चैत्र २०७८, आइतबार


बैंक तथा वित्तिय संस्थाहरुले वैशाखमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।

नेपाल बैंकर्स संघको आइतबार बसेको पूर्ण बैठकले वैशाखमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । बैंकहरुको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकेका छन् । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।

फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए ।

यस्तै, बैठकले नगद मार्जिन भएका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको छ । यसअघि, राष्ट्र बैंकले गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री लगायत विभिन्न विलासी सामान आयातमा एलसी नखोल्न बैंकहरुलाई मौखिक निर्देशन दिएको थियो ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह