Logo

बैंक / बिमा /शेयर

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट


GDP नेपाल
   २९ चैत्र २०७८, मंगलबार


बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ ।

गोलाप्रथाबाट भएको बाँडफाँटमा १ लाख ६६ हजार ३४५ जना १० कित्ताका दरले सेयर हात पारेका छन् भने ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कम्पनीका अनुसार कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएकोमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले चैत १६ गतेबाट २१ गतेसम्म सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको थियो। कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरिएको थियो । कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाे  (https://iporesult.cdsc.com.np/) , निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट ,ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइट, मेराे सेयरबाट  रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह