नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ ।
बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको १४ लाख २५ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर अरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आजबाट ३५ दिनभित्र आवश्यक कागजपत्र बागबजार, काठमाडौँस्थित बैंकको सेयर शाखामा बुझाउनुपर्ने छ ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।
प्रतिक्रिया