Logo

बैंक / बिमा /शेयर

खोटाङ्गको दिक्तेलामा ग्लोबल आइएमईको नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु


GDP नेपाल
   २९ चैत्र २०७८, मंगलबार


ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ्ग सेवाको संख्या २७५ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा उपलब्ध हुने जनाइएको छ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामिण क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह