Logo

बैंक / बिमा /शेयर

नेपाल पुनर्बीमा कम्पनीकाे पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक, निर्जीवनतर्फको नाफा ५१ प्रतिशतले घट्यो


GDP नेपाल
   ३० चैत्र २०७८, बुधबार


नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा र्निजीवन बीमा व्यवसायतर्फ १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत ७ करोड ५० लाख नाफा आर्जन गर्न सफल भएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशतले घटेको हो । कम्पनीले गत वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ७८ लाख र जीवन बीमा व्यवसाय मार्फत ५ करोड ४५ लाख नाफा कमाएको थियो ।

यस्तै, गत वर्ष २ अर्ब ४० करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष कुल २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने २ अर्ब ४ करोड भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ । कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७६र ७७ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ११ अर्ब ६५ करोड पुग्नेछ ।

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७७ करोड र जीवन बीमा व्यवसायतर्फको जगेडामा ६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमलव ६० (वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ १७९ दशमलव ९२ रहेको छ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह