Logo

बैंक / बिमा /शेयर

पाल्पाको रम्भामा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर


GDP नेपाल
   ३० चैत्र २०७८, बुधबार


ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ ।

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा लिन सक्नेछन् । बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह