Logo

बैंक / बिमा /शेयर

झापाको काँकरभिट्टामा बैंक अफ काठमाण्डूको नयाँ शाखा


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


बैंक अफ काठमाण्डू लिमिटेडले मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टा, स्थित आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो अवसरमा आयोजित एक समारोहकाबीच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको औपचारिक समुद्घाटन गरेका हुन् ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जनाए । त्यस्तै, नगर प्रमुख आचार्यले बैंकलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानिय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको बताए ।

यससँगै, बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह