Logo

Banner-news

निलम्बित गभर्नरको रिट अध्ययनपछि दर्ता हुने


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


सरकारले आफूलाई गैरकानुनी रुपमा पदकबाट निलम्बन गरको दावी गर्दे महाप्रसाद अधिकारीले सर्वोच्चमा रिट निवेदन दिएका छन् ।

अधिकारीले पुनर्बहालीको माग राख्दै आज सर्वोच्चमा रिट दिएका हुन् । यस्तै, सर्वोच्चका प्रवक्ता विमल पौडलले भने अध्ययनपछि मात्र रिट निवेदन दर्ता हुने जनाएका छन् । ‘उहाँले आज निलम्बनविरुद्ध रिट निवेदन दिनुभएको छ,अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ ’उनले भने ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीले सरकारलाई असहयोग गरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा निलम्बन गरेको थियो । यस्तै, बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह