Logo

बैंक / बिमा /शेयर

२६ प्रतिशत बढ्यो ग्लोबल आइएमई लघुवित्तको सञ्चालन मुनाफा


GDP नेपाल
   ५ बैशाख २०७९, सोमबार


ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा संस्थाले ३२ करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सपल भएको छ । गत वर्षको यसै अवधिको तुलनामा मक्पनीको नाफा २६ प्रतिशतले बढेको हो । कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा २५ करोड ७९ लाख रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरको थियो ।

कम्पनीको सञ्चालन मुनाफा वृद्धि भएपनि खुद नाफामा भने कमी आएको छ । तेस्रो त्रैमासम्ममा कम्पनीले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा तीन प्रतिशतले घटेको हो । एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ५१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा २७ करोड ८१ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ४२ करोड ६ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको खराब कर्जा १ दशमलव ९८ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी ९वार्षिकीकरण० ४९ दशमलव ४२ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १३ पैसा छ ।

हाल कम्पनीको चुक्तापूँजी ५५ करोड २५ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ६७ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ३३ करोड ८ लाख रुपैयाँ थियो ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह