Logo

बैंक / बिमा /शेयर

तेस्रो त्रैमासमा नबिल बैंकको नाफा ९ प्रतिशतले घट्यो


GDP नेपाल
   ६ बैशाख २०७९, मंगलबार


नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक भएको छ । विवरण अनुसार तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा करिब ९ प्रतिशतले घटेको हो । गत वर्ष यसै अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । साढे ३३ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको नाफा घट्दा प्रतिशेयर आम्दानीमा १२ रुपैयाँ ४७ पैसाको गिरावट आएको छ । बैंकको निष्क्रिय कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ। जस वापत इम्पेरमेन्ट चार्ज ६१ करोड नाघेको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेकाले सञ्चालन मुनाफामा गिरावट आउँदा खुद नाफा घट्न पुगेको हो । बैंकको संचालन मुनाफा समेत ८.७५ प्रतिशतले घटेको छ ।

बैंकको नाफा घटेपछि प्रतिशेयर आम्दानीमा गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसाले घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ । बैंकले गत आर्थिक वर्षमा ३३।६० प्रतिशतले चुक्तापूँजी बढाएको थियो । पूँजी बढ्ने नाफा घट्ने हुँदा प्रतिशेयर आम्दानीमा झनै गिरावट आएको हो ।

बैंकको व्यवासायको आकार भने बढेको छ । बैंकको निक्षेप करिब ५ प्रतिशत तथा कर्जा प्रवाह १२ प्रतिशत भन्दा धेरैले बढेको छ । बैंकले चैत्र मसान्तसम्मा २ खर्ब ३४ अर्ब २२ करोड निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशत बढेको छ। बैंकले यसअवधिमा ६ अर्ब ५९ करोड खुद ब्याज आम्दानी गरेको छ । १८ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा तथा कोषमा १६ अर्ब ६९ करोड छ ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह