Logo

बैंक / बिमा /शेयर

करिब ६ प्रतिशतले बढ्यो एनएमबि बैंकको नाफा


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


एनएमबि बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा २ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ५.९१ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, ९ महिनामा बैंकले २७ अर्बको कर्जा विस्तार गरेर १ खर्ब ५१ अर्ब १ करोड रूपैयाँ पुर्‍याएको छ । निक्षेप साढे २० अर्बले बढेर १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर १९.३५ रुपियाँ र प्रतिशेयर नेटवर्थ १४२.२१ रुपैयाँ रहेको छ। कर्जाको दर १.४६ प्रतिशत मात्र छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह