Logo

मुख्य समाचार

रञ्जुले उम्मेदवारी नदिने, पार्टी विवादले बाचा पूरा गर्न नसकेको भन्दै माफी मागिन्


GDP Nepal
   ८ बैशाख २०७९, बिहिबार



काठमाडौं । वैकल्पिक राजनीतिकी नेतृ रञ्जु दर्शनाले आसन्न स्थानीय तहमा कुनै उम्मेदवारी नदिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत यो घोषणा गरेकी हुन् ।

रञ्जुले अघिल्लो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो मत प्राप्त गरेकी थिइन् । उनले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् ।

यद्यपि, निर्वाचनपछि पार्टीभित्रको झगडाका कारण आफूले प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै उनले माफी मागेकी छन् ।

हाल उनी विवेकशील साझा पार्टीबाट अलग भइसकेकी छन् । “साझा विवेकशीलको झगडाले समय र ऊर्जाको नास भयो, अब मेयर उठ्दिनँ” उनले भनेकी छन्, “चुनाव आउँदा मलाई मैले प्रमाणित गर्न धेरै घरदैलो गर्न नपरोस् र चुनावअघिका मेरा कार्यबाट मलाई मतदाताले आफैं रोज्नेगरी काम गर्नेछु ।”

अघिल्लो चुनावका बेला २१ वर्षकी रहेकी रञ्जु हाल २६ वर्ष भइन् ।

प्रस्तुत छ, दर्शनाको स्वघोषणाः

 

 

 

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह