Logo

अर्थनीति

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण


GDP Nepal
   ८ बैशाख २०७९, बिहिबार


काठमाडौं । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हासिल हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। यसअघि विश्व बैंकले गत पुसमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

कोरोना महामारीको त्रास न्यून हुँदै गएकाले अर्थतन्त्र विस्तारको चरणमा प्रवेश गर्ने र आगामी तीन वर्षमा यस्तो वृद्धिदर कायम रहने बैंकको अनुमान छ।

वाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने विश्व बैंकको निष्कर्ष रहेको छ । खासगरी रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महंगीका कारण अर्थतन्त्रमा केही समस्या आउने उल्लेख छ ।

विश्व बैंकले नेपालको सार्वजनिक ऋण जोखिमपूर्ण नरहेको उल्लेख गरेको छ। नेपालको सार्वजनिक ऋणमा ५४ प्रतिशत विदेशी ऋण रहेको र कूल गार्हस्थ उत्पादनको कूल ४४ प्रतिशत मात्र ऋण छ।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह