Logo

राजनीति

ललितपुर महानगरमा कांग्रेसबाट पुनः चिरिबाबु महर्जन


GDP Nepal
   १२ बैशाख २०७९, सोमबार


ललितपुर । सत्तारुढ नेपाली कांग्रेसले ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनलाई नै मेयर पदमा टिकट दिएको छ ।

ललितपुर महानगरको सफल मेयरका रुपमा चर्चामा रहेका महर्जन दोस्रो कार्यकालका लागि आकांक्षी थिए । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट दिने बचन दिएको महर्जन निकट स्रोतले जनाएको छ ।

कांग्रेसले ललितपुरमा महर्जनसहित काठमाडौंमा सिर्जना सिंह र विराटनगरमा नागेश कोइरालालाई उठाउने भएको छ ।

ललितपुरको मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको दावी रहेको थियो ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह