Logo

अर्थनीति

गभर्नरको मुद्दामा अन्तरिम आदेश आउला ?


GDP Nepal
   १३ बैशाख २०७९, मंगलबार


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अदालतको अन्तरकादिन आदेशका कारण काममा फर्किए पनि उनले माग गरेको अन्तरिम आदेशसम्बन्धी निर्णय भने मंगलबार हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको यो मुद्दाको मंगलबार नै सुनुवाई सकिएर निर्णय आउनसक्ने जनाइएको छ ।

न्यायाधीश हरि फुयाँलको इजलासले दुवै पक्षसँग छलफल गर्न आजको मिति तोकेको थियो । छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्नेछ ।

अदालतले गभर्नरका पक्षमा अन्तरिम आदेश दिएमा अर्थमन्त्री जनार्दन शर्मा नैतिक संकटमा पर्नेछन् भने उनीमाथि राजीनामाको दबाब बढ्नेछ । अन्तरिम आदेश नदिइएमा गभर्नर अधिकारीमाथि छानबिन अघि बढ्नेछ र सरकारको निर्णय कुर्दै उनी घर फर्कनुपर्नेछ ।

वैशाख ६ गते न्यायाधीश फुयालको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको थियो ।

अघिल्लो इजलासका न्यायाधीश फुयाल र मंगलबारको इजलासका न्यायाधीश मल्लको स्कूलिङ एउटै भएकाले गभर्नरको पक्षमा अन्तरिम आदेश आउनसक्ने कतिपयको आकलन रहेको छ ।

गत चैत २५ गतेबाट निलम्बित भएका गभर्नर अधिकारी ११ दिनपछि राष्ट्र बैंकमा अदालतको फैसलापछि हाजिर भएका थिए।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह