Logo

अर्थनीति

अन्ततः शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय


GDP Nepal
   १४ बैशाख २०७९, बुधबार


काठमाडौं । सरकारले जेठ महिनादेखि साताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिए ।

जसअनुसार शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा हुनेछन् ।

मन्त्री कार्कीका अनुसार कार्यालय समय पनि परिमार्जन गरिएको छ । जसअनुसार अब सरकारी कार्यालय बिहान साढे ९ बजे नै खुल्नेछन् भने  साढे पाँच बजेसम्म खुल्नेछन्।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो। 

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह