Logo

बैंक / बिमा /शेयर

आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न


GDP नेपाल
   १५ बैशाख २०७९, बिहिबार


आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्‍याडिसनमा साधारणसभा सम्पन्न भएको हो ।

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरिएको छ भने नयाँ सञ्चालक समिति पनि गठन गरिएको छ ।

यस्तै कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत भएको छ ।

कार्यक्रममा डा. अर्यालले बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको बताउँदै कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिएको बताए । उनले बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पहुँच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्‍याउन कटिबद्ध रहेको सो क्रममा बताए । आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता पनि उनले जनाए ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह