Logo

बैंक / बिमा /शेयर

शुक्रबार बस्दै युनियन लाईफ इन्स्योरेन्सको साधारण सभा


GDP नेपाल
   १९ बैशाख २०७९, सोमबार


युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथोँ वार्षिक साधारण सभा डाकेको छ । सभा वैशाख २३ गते टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुने भएको छ ।

सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने/गाभिने लगायतका प्रस्तावहरू पारित गरिनेछन् ।

कम्पनीले सर्वसाधारणहरुमा आइपीओ जारी गरेको लगभग एक वर्ष भएको छ । यसकारण कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनार्थका लागि कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेको थियो । यसअनुसार वैशाख १२ गतेसम्म कायम शेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह