Logo

बैंक / बिमा /शेयर

वैशाख २८ देखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्दै रिभर फल्स


GDP नेपाल
   २० बैशाख २०७९, मंगलबार


रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

आईपीओमा आउँदो जेठ ४ गतेसम्म १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह