सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ ।
बैंकले संस्थापक सेयरधनी सञ्जय कुमार शारदाको नाममा रहेको सेयर बिक्रिमा ल्याएको हो । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । इच्छुक संस्थापक सेयर धनीले सूचना जारी भएको ३५ दिनभित्र सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया