Logo

बैंक / बिमा /शेयर

नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण


GDP नेपाल
   २७ बैशाख २०७९, मंगलबार


नबिल बैंक लिमिटेडका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारका लागि ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ ।

लामो समयदेखि बैंकको सञ्चालक समितिमा योगदान पुर्याएका स्व। पौड्यालको सम्झनामा बैंकले छात्रवृत्ति सुरू गरेको हो । स्व। पौड्याल कर्मचारीहरूको हित र विकासका निम्ती निरन्तर लागि पर्थे ।

उक्त छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरूले राष्ट्रिय परीक्षा बोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरूको नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो ।

मनोनित कर्मचारी परिवारका सन्तानहरूबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरूलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

पुरस्कारको रकम रु। ५० हजार प्रत्येक विजेता कर्मचारीका सन्तानहरूलाई प्रदान गरिने कुरा बैंकबाट प्रेषित वक्तब्यमा लेखिएको छ ।
बैंकले आर्थिक वर्ष २०७७र७८ का लागि कर्मचारी उदय राज खनालकी छोरी उनिका खनाल, कर्मचारी सन्देश ज भट्टराईका छोरा दिपसन भट्टराई र मुरारी प्रसाद अर्यालका छोरा मुकुल अर्यालले दिने निर्णय गरिएको बैंकले जनाएको छ ।

नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरू वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरू, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरूलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष पौड्यालले स्व।शम्भु प्रसाद पौड्यालले बैंकलाई पुर्याएको लामो योगदानको प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए ।

साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको बृद्धि र विकासका लागि स्व। पूर्वअध्यक्षले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह