Logo

कृषि / सहकारी

५ प्रतिशतले घट्यो सूर्योदय वोमी लघुवित्तकाे खुद नाफा


GDP नेपाल
   २७ बैशाख २०७९, मंगलबार


सूर्योदय वोमी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वितिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तले तेस्रो त्रैमासमा १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ५.४५ प्रतिशतले घटेको हो । कम्पनीले गत वर्षको यसै अवधिमा १० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, खुद ब्याज आम्दानी ३९.१४ प्रतशतले बढेर ३० करोड ८० लाख रुपैँया र सञ्चालन नाफा ७.२५ प्रतिशतले घटेर १५ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

साथै,कम्पनीको चुक्ता पुँजी ९२.२६५ ले बढेको छ भने जगेडा कोष १११.८७५ ले बढेको छ । हाल कम्पनीको चुक्ता पुँजीमा ७९ करोड १९ लाख ८५ हजार रुपैयाँ र जगेडा कोषमा ५१ करोड ८९ लाख २९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह