Logo

बैंक / बिमा /शेयर

८२ प्रतिशतले बढ्यो रिलायन्स लाइफको नाफा


GDP नेपाल
   २८ बैशाख २०७९, बुधबार


रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ४ लाख खुद नाफा कमाएको छ । कम्पनीको नाफा चालू आवको सोही अवधिमा ८२.९२ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधीसम्म कम्पनीले ६ करोड ५८ नाफा कमाएको थियो ।

गत आवमा ११ करोड ७८ लाख आम्दानी गरेको उक्त कम्पनीको आम्दानी चालू आवमा बढेर १८ करोड १३ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू। २ अर्ब १० करोड रहेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा २१ करोड ३७ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ६७ करोड सञ्चित गरेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल २ अर्ब २४ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनमा १७ प्रतिशतले वृद्धि भएको हो ।

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७.६५ रुपैंया (वार्षिकरण), मूल्य आम्दानी अनुपात ६७.७२ गुणा र प्रतिशेयर नेटवर्थ १११.८९ रुपैंया रहेको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह