Logo

बैंक / बिमा /शेयर

नेसनल माइक्रोफाइनान्सकाे संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   २९ बैशाख २०७९, बिहिबार


नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

कम्पनीले सेयरको न्यूनतम मूल्य १ हजार तोकेको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार १ गतेभित्र बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह